क्रसफायर तथा इटालिका मोटोको नेपालका लागि आधिकारिक वितरक क्लासिक ह्विल्स एक्सपोर्ट एण्ड इम्पोर्ट प्रालिले तिहार अफर ल्याएको छ ।
उक्त अफर अन्तर्गत क्रसफायर एचजे २५० डार्क एडिसन खरिद गर्दा ग्राहकले १५ हजार रुपैयाँ नगद छुट र इटालिका ब्रान्डको मोटरसाइकल तथा स्कुटरमा १० हजार रुपैयाँ नगद छुट पाउनेछन् । साथै पुरानो मोटरसाइकल तथा स्कुटरसंग यी व्रान्डका बाइकको एक्सचेन्ज गर्दा वास्तविक मूल्यांकनमा कम्पनीले २० हजार रुपैयाँ अतिरिक्त मूल्यांकन दिने बताइएको छ ।
यी वाइकलाई ग्राहकले फाइनान्स सुविधामा समेत खरिद गर्न सक्नेछन् । यी सुविधाको अतिरिक्त निशुल्क हेल्मेट, लक्कि ड्र मार्फत भाग्यशाली बिजेताले मनाङमा एड्भेन्चर राइड गर्न टिकट र दैनिक गिफ्ट ह्याम्पर लगायत सुविधा पाउने कम्पनीको भनाई छ । डर्ट एवं एड्भेन्चर सेग्मेन्टमा ख्याती कमाएको क्रसफायरको हाल नेपालका विभिन्न १० स्थानमा शोरुम संचालन भैरहेको छ ।































प्रतिक्रिया