बबई नदीमा बेपत्ता २ किशोरीको खोजी गर्न नेपालगञ्जबाट गोताखोर बोलाइँदै

बबई नदीमा बेपत्ता २ किशोरीको खोजी गर्न नेपालगञ्जबाट गोताखोर बोलाइँदै

केन्द्रबिन्दु
0
Shares

दाङ तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुर नजिकै बबई नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई किशोरी अझै फेला परेका छैनन् ।

बबई नदीमा नुहाउने क्रममा शनिबार दिउँसो १ बजे दंगिशरण गाउँपालिका–२ की १४ वर्षीया रमा शाह र सल्यानको दमाचौर गाउँपालिका– १ की १४ वर्षीया गोमा चन्द डुेबर बेपत्ता भएका थिए । डुबेर बेपत्ता भएको खबर पाएलगत्तै सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले खोजी गरेका थिए । 

तर रात परेपछि उनीहरूको खोजि गर्न नसकिएको र आज (आइतबार) पुनः खोजी गरिने इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले जानकारी दिए । उनका अनुसार बबई नदी गहिरो रहेकाले बेपत्ता किशोरीहरुको खोजी कार्यमा कठिनाइ भइरहेको छ । आज आइतबार नेपालगञ्जबाट गोताखोरको टोली बोलाएर किशोरीहरूको खोजी गरिने डिएसपी मल्लले बताए ।

Skip This
Skip This
Logo