सन्दीपलाई थप २ दिन हिरासतमा राख्न अदालतको अनुमति

सन्दीपलाई थप २ दिन हिरासतमा राख्न अदालतको अनुमति

केन्द्रबिन्दु
0
Shares

बलात्कार आरोपमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । 

आईतवार जिल्ला अदालत काठमडौंले सन्दीपलाई थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । यसअघि थप गरिएको समयसीमा सकिएसँगै अदालतले नेपाल प्रहरीको आग्रहमा थप २ दिन अनुमतिका लागि समय थपेको हो । 

यसअघि पनि अनुसन्धानका लागि अदालतले असोज २४ गते २० गतेबाट गणना हुने गरी ७ दिनको म्याद दिएको थियो । त्यसपछि असोज २७ गते दोस्रो पटक पुनः ७ दिन म्याद थप गरेको थियो भने कात्तिक २ गते थप चार दिनको समय थप गरी अनुसन्धानका लागि समय दिएको थियो । 

सञ्चारकर्मीहरुसँग बोल्दै अधिवक्ता सरोजकृष्ण घिमिरेले प्रहरीको आग्रहमा थप दुई दिनको म्याद थपिएको बताए । उनले आज नै प्रहरी अधिकृतले आफ्नो अनुसन्धान प्रतिवेदन सरकारी वकीललाई बुझाउने तयारी रहेको पनि बताए । 

उनले भने,  ‘दुई दिनको म्याद दिनुभएको छ, आज नै प्रहरी अधिकृतले आफ्नो अनुसन्धान प्रतिवेदन सरकारी वकीललाई बुझाउने भनिएको छ । तिहारको बिदाका कारण हामीले सोचेको जस्तो अगाडि नै अभियोग पत्र आउने स्थिति छैन । बीचमा बिदा परेको र उहाँहरुको अनुसन्धान प्रक्रिया सुस्त भएको भन्ने हाम्रो बुझाइ छ । यो बीचमा आश्चर्यजनक समाचार पनि आए । अहिले उ एकदम ठीक छ । हाम्रो टिमले अध्ययन गरिरहेको छ ।’ 

Logo