राजनीतिक स्थिरता नभई देश विकास हुँदैन – नेता पौडेल

राजनीतिक स्थिरता नभई देश विकास हुँदैन – नेता पौडेल

केन्द्रबिन्दु
0
Shares

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशको विकासका लागि राजनीतिक स्थितरता आवश्यक रहेको बताएका छन् । राजनीतिक स्थिरताका लागि शत्तारुढ गठबन्धनको जित अपरिहार्य रहेको उनले बताए ।

ओलीलाई जनताले दुई तीहाईको मत दिँदा उनले दुई दुई पटक संसद विघटन गरेर राजनीतिक द्धन्द्ध निम्त्याएको बताए । उनले भने, ‘देशलाई विकासको खाँचो भएका वेला ओलीले राजनीतिक द्धन्द्ध निम्त्याएर विकासको काम ठप्प परेका छन्,' पौडेलले भने, ‘अहिलेको गठबन्धनले राजनीतिलाई सहि दिंशामा ल्याउन सफल भएको छ, अब बिकासका लागि यही गठबन्धनलाई जिताउनु अपरिहार्य छ ।’

धनगढीमा सत्ता गठबन्धनको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रपति र केपी ओलीबाट संविधानमाथि आक्रमण भएको जनाएका छन् । त्यसैले यसको रक्षाका लागि गठबन्धन उम्मेदवार जीताउन उनले आग्रह गरे ।

Skip This
Skip This
Logo