पूर्व वडासदस्यको घरबाट १६१ थान अवैध चिरान काठ बरामद

पूर्व वडासदस्यको घरबाट १६१ थान अवैध चिरान काठ बरामद

केन्द्रबिन्दु
0
Shares

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१४ नयाँबस्तीमा पर्सा राष्ट्रिय निकुञ्जको टोलीले पूर्व वडासदस्यको घरबाट १६१ थान अवैध चिरान काठ बरामद गरेको छ। 

वडा नम्बर–१४ की तत्कालीन सदस्य चमेलीमाया सिँजालीको घरमा अवैध रूपमा लुकाई राखेकोअवैध चिरान काठ बरामद गरेको हो । झ्यालढोकाको चौकास फ्रेम, ३८ थान चिरान काठ सहित अन्य फर्निचरका सामाग्री निकुञ्ज प्रशासन र सेनाको टोलीले बरामद गरेको बताएको छ।अवैध रुपमा काठ तस्करीमा संलग्न सिँजाली २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रबाट वडासदस्य निर्वाचित भएकी थिइन्। निकुञ्ज प्रशासन र सेनाको टोलीले काठ बरामद गर्ने क्रममा सिँजाली भने फरार भएको पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत सूर्य खड्काले जानकारी दिए । प्रहरीको सहयोगमा फरार सिँजालीको खोजी गरिरहेको निकुञ्जले जनाएको छ । 

घटनाबारे थप अनुसन्धान भईरहेको निकुञ्जले जनाएको छ । यसैगरी मकवानपुर प्रहरीले अवैध सालको काठ बरामद गरेको छ । अस्थार्यी प्रहरी पोष्ट धियालबाट खटिएको प्रहरीको टोलीले आइतबार ४३.४१ क्यू फिट सालको चिरान काठ बरामद गरेको हो । मकवानपुरको बकैया गाउँपालिका वडा नं ७ चिसापानी खोल्सी कालापानी पाखा अन्तरे डाडास्थित राष्ट्रिय बन भित्र बेबारिसे अवस्थामा सालको चिरान काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए । काठ आवश्यक कारबाहीको लागि अस्थायी वन कार्यलय बकैया हात्तिसुडेलाई बुझाइएको उनले बताए। 
 

Logo