धान थ्रेसरमा परेर ४५ वर्षीया बिना चौधरीको मृत्यु

धान थ्रेसरमा परेर ४५ वर्षीया बिना चौधरीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

कैलालीमा धान थ्रेसरमा परेर एक जनाको आज मृत्यु भएको छ ।

कैलारी गाउँपालिका –३ भर्रीटोलका बुथराम चौधरीको ४५ वर्षीया श्रीमती बिना चौधरीको धान थ्रेसरमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक बेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार आफ्नै घर नजिकै खेतमा काटेको धान थ्रेसरमा हाल्ने क्रममा टाउकोमा बाँधेको पटुकी थ्रेसरमा फस्न गई तानेर लगेकाले बिनाको मृत्यु भएको हो ।

Logo