काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा आज २ खेल हुँदैछ । मुलपानी क्रिकेट मैदानमा उपाधि दाबेदार बागमती प्रदेशले प्रदेश-२ सँग प्रतिस्पर्धा गर्नेछ । दुई टिमबीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।
प्रदेश-२ विरुद्ध मैदान उत्रदा बागमती लगातार तेस्रो जितको खोजीमा हुनेछ । बागमतीले यस अघि पुलिस र सुदूरपश्चिमलाई हराएको थियो ।
समूह ‘बी’ को बागमतीले २ खेलमा ४ अंक जोडेको छ । प्रदेश-२ भने पहिलो जितको खोजीमा रहेको छ ।
यस्तै कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा कर्णाली प्रदेश र प्रदेश-१ बीच प्रतिस्पर्धा हुनेछ । कर्णाली दोस्रो जितको खोजीमा रहेको छ ।
प्रतियोगिताबाट बाहिरिसकेको प्रदेश-१ पहिलो जितको खोजीमा रहेको छ ।































प्रतिक्रिया