प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटका लागि गण्डकीको टोली घोषणा

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटका लागि गण्डकीको टोली घोषणा

केन्द्रबिन्दु
0
Shares

आसन्न ‘प्रधानमन्त्री कप १ दिवसीय’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको छ ।

गण्डकी प्रदेश क्रिकेट संघले कात्तिक २ देखि ८ गतेसम्म प्रादेशिक छनोट प्रतियोगिता गरी १४ नियमित र ४ वैकल्पिक गरी १८ जना खेलाडी प्रधानमन्त्री कपका लागि छनोट गरेको हो ।

गण्डकीको टोलीको कप्तानमा विपिन खत्री छन् । यसैगरी चन्द्रकान्त पौडेल, समिर कँडेल, विधान श्रेष्ठ, सचिनराज अधिकारी, अर्जुन कुमाल, सन्दीप खत्री, अमृत गुरुङ, करन पंगेनी, सन्देश बस्नेत, अभिशेक बस्नेत, सुवास भण्डारी र कमल परियार टोलीमा रहेको गण्डकी प्रादेशिक क्रिकेट संघले जनाएको छ ।

वैकल्पिक ४ खेलाडीमा दिनेश बुढामगर, प्रदीप अर्याल, सौजन्य रेग्मी र सन्दीप पराजुली छन् । गण्डकीको प्रशिक्षकमा रिजन प्रजु र ब्यवस्थापकमा चन्द्रकुमार गुरुङ छन् । नेपाल क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता कात्तिक १३ देखि २६ गतेसम्म राजधानी काठमाडौंमा हुँदैछ ।

प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरी १० टोलीको सहभागिता रहने नेपाल क्रिकेट संघले जनाएको छ । प्रतियोगितामा सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा गण्डकी प्रदेश, एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश र सुदूरपश्चिम तथा समूह ‘बी’मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र प्रदेश १ छन् ।

Skip This
Skip This
Logo