माइतीतर्फ जुठो परेकाले राष्ट्रपतिको भाइटीका भएन

माइतीतर्फ जुठो परेकाले राष्ट्रपतिको भाइटीका भएन

केन्द्रबिन्दु
0
Shares

माइतीतर्फ जुठो परेकाले यसवर्ष राष्ट्रपति विद्यादेवी भण्डारीको भाइटीका नभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपतिका तीनजना भाइमध्ये कान्छा डेगेन्द्रमात्र नेपालमा छन् । यसवर्ष माइतीतर्फ जुठो परेका कारण भाइटीका नभएको स्वकीय सचिव शिव भट्टराईले बताए । राष्ट्रपतिले यस वर्ष दशैंमा पनि आमाको हातबाट टीका नलगाएको उनले बताए । माइतीमा जुठो परेका कारण आमाले टिका लगाउन नभएभएपछि पुरोहितको हातबाट राष्ट्रपतिले टिका लगाएर सर्वसाधारणलाई लगाइदिएको उनले जानकारी दिए ।

राष्ट्रपतिको माइती भोजपुरका पाण्डे हुन् ।

 

Logo