अर्घाखाँचीमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

अर्घाखाँचीमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा निर्माणाधिन विमानस्थलनजिकै मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २ जना घाइते भएको छन् । 

सन्धिखर्क नगरपालिका–१० शिखरबार्नीमा निर्माणाधीन विमानस्थलको रनवेमा मोटरसाइकल चलाउने क्रममा बिहीबारराति अनियन्त्रित भई दुई वटा मोटरसाइकल दुर्घटनामा परेका हुन्।

प्रदेश नम्बर २–०३८.प.५०३२ नम्बरको मोटरसाइकल दुर्घटनामा मोटरसाइकलमा सवार सन्धिखर्क नगरपालिका–१ मिडिया चोकका २६ वर्षीय रोशन सुनाम र हललाइनका २२ वर्षीय कृतिम रायमाझीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मुकुन्द रिजालले बताएका छन्।

अर्को बा २५ प ८८७६ नम्बरको मोटरसाइकलमा सवार सन्धिखर्क २ आटिकापाटा निवासी ५७ वर्षीय हेमराज भुसाल र २० वर्षीय विष्णु पराजुली घाइते भएका छन्। घाइतेको बुटवलमा रहेको मर्सिसिटी हस्पिटलमा उपचार भइरहेको प्रहरीको भनाइ छ। मोटरसाइकल ओभर स्पिडका कारण घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख रिजालले बताएका छन्।

Skip This
Skip This
Logo