घट्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा ?

घट्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा ?

केन्द्रबिन्दु
0
Shares

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले तिहारअघि बन्द भएको सुनको कारोबार आइतबार एक हजार रुपैयाँले घट्दै सुरू भएको जनाएको छ ।

छापावाल सुनको मूल्य तोलामा ९३ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ५०० रुपैयाँ छ । तिहारअघि छापावाल सुनको मूल्य तोलामा ९४ हजार र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ थियो ।

यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Skip This
Skip This
Logo