आजदेखि सेयर कारोबार सुरु हुने

आजदेखि सेयर कारोबार सुरु हुने

केन्द्रबिन्दु
0
Shares

एक सातादेखि बन्द रहेको सेयर कारोबार आजबाट सुरु हुने भएको छ ।

तिहार तथा छठको उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिएकाले  कात्तिक ७ गतेदेखि सेयर बजार बन्द थियो । कात्तिक ६ गते अन्तिम कारोबारको दिन नेप्से सूचक १८५८.४९ विन्दुमा बन्द भएको थियो । यसै विन्दुलाई आधार मानेर आजबाट सेयर कारोबार सुरु हुनेछ ।

कम्पनीले धमाधम लाभांश घोषणा गर्न थालेका छन् । प्रथम त्रैमासको रिपोर्ट पनि आउन थालेको छ । यस्तो अवस्थामा अब सेयर बजार कता जाला भनेर  चासो रहेको छ । तिहार अघिको अन्तिम दिनको कारोबारमा भने बजार सकारात्मक बनेको थियो । 

 

Skip This
Skip This
Logo