‘संविधान उल्ट्याउने षड्यन्त्र भएसम्म गठबन्धन टिक्छ’ -अध्यक्ष प्रचण्ड

‘संविधान उल्ट्याउने षड्यन्त्र भएसम्म गठबन्धन टिक्छ’ -अध्यक्ष प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि घात हुने र त्यसलाई उल्ट्याउने षड्यन्त्र भएसम्म यो गठबन्धन टिकीरहने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले यस्तो जिकीर गरेका हुन् । 

आफूले विस्तृत शान्ति सम्झौताको बेलानै समृद्धिका लागि क्रमभंगता भनेको र अव त्यो छिट्टै हुने पनि अध्यक्ष प्रचण्डले बताए । 

उनले भने, ‘गठबन्धन टिक्छ । यो गठबन्धन किन बन्यो भन्ने कुरासँग नै यसको आयू कति भन्ने कुरा चाँही आधारित छ । जबसम्म यो देशमा झण्डे ७० वर्ष लडेर सशष्त्र र शान्तिपूर्ण आन्दोलनको योगफलको रुपमा प्राप्त भएको संविधानमाथि घात हुने र त्यसलाई उल्ट्याउने षड्यन्त्र रहिराख्छ । गठबन्धनको आवश्यक्ता पनि रहिराख्छ । त्यसकारण यो गठन्धन अहिले हाम्रो अलगअलग प्रतिवद्धता भएपनि गठबन्धन हाम्रो साझा प्रतिवद्धताका साथ त्यो अगाडि जान्छ । र, त्यो मार्फत हामीले आर्थिक विकासलाई गति दिने हाम्रो मुख्य एजेन्डा समृद्धिका लागि क्रमभंगता जो भनिएको छ । तपाईहरुलाई थाहा छ म पहिलो पटक विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्दैगर्दा मैले प्रज्ञा भवनमा भनेको पहिलो कुरा पनि त्यही थियो । हामीले अव १०÷१५ वर्षमा जे अनुभव गरियो । विकासमा भएजस्तो पनि भएको छ, छैन जस्तो पनि भएको छ । त्यो स्थितिको अन्त्य अव सामान्य रुपले हुँदैन । क्रमभंग गरेरै गर्नुपर्दछ । ठूलै धक्का दिएर गर्नुपर्छ भनेर भनिएको छ ।’

साथै अध्यक्ष प्रचण्डले आफूले गोरखाबाट चुनाव जित्ने सुनिश्चित भईसकेको दावी पनि गरे । ‘एक जना पत्रकार साथीले गोरखाको कुरा पनि राख्नु भयो । म कहाँ सुरक्षित र कहाँ असुरक्षित भनेर निर्वाचन क्षेत्रमा जाने गरेको छैन । म यतिका धेरै पत्रकार साथीहरुमार्फत् नेपाली जनतासँग फेरी एकपटक भन्न चाहन्छु–म रोल्पा र काठमाडौंमा चुनाव लड्दै गर्दा जनयुद्ध र जनआन्दोलनका भावनाहरुलाई एकतावद्ध गर्ने ऐतिहासिक उद्देश्यमा आधारित भएर त्यहाँबाट चुनाव लडेको थिए । चुनाव जित्नका लागि मात्रै त्यहाँबाट लडेको थिइन । मधेश, पहाड र हिमालमा कहीँ न कहीँ त्यहाँ विद्धेष फैलिन्छ भन्ने देखिएपछि मधेश गएको थिए सिरहामा । त्यसो गर्नुको मेरो उद्देश्य चुनाव जित्नुमात्रै थिएन । मेरो उद्देश्य मधेश, पहाड र हिमाललाई एकतावद्ध गर्नु थियो । किनभने यो परिवर्तनको एक मुख्य नेता हुनुको नाताले मैले मधेशी जनताको विश्वास जितेर राष्ट्रिय एकतालाई सुदृढ बनाउन भूमिका खेल्नुपर्छ भनेर गएको थिए । म चितवनको आफ्नो गृह जिल्लामा एक चोटी जानुनै पर्छ । त्यहाँको जनताको अपेक्षा अनुसार म अन्तिममा त्यहाँ गए । र, अहिले गोरखा एउटा ऐतिहासिक जिल्ला, जहाँबाट हामीले जनक्रान्तिको सम्पूर्ण तयारी र सुरुवात गरेका थियौं । जहाँ म सानै युवा अवस्थामा अध्यापन गरेर गोरखासँग, गोरखाली जनतासँग नजिकबाट परिचित हुने मौका पाएको थिए ।’ उनले भने । 

Skip This
Skip This
Logo