नेकपा एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणा प्रविधिबाट सार्वजनिक गरेका हुन् ।
उक्त घोषणापत्रमा आगामी ५ वर्षभित्र नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) १०० खर्ब रुपैयाँ पुर्याउने दाबी गरिएको छ । 'हालको करिव रू. ४८ खर्बको कु ल गार्हस्थ उत्पादन (जिडिपी) लाई आगामी पाँच वर्षभित्र रू. १०० खर्बपुऱ्याइने छ । पाँच वर्षभित्र नेपालीको औसत प्रतिव्यक्ति आम्दानी अमेरिकी डलर २ हजार ४ सय पुऱ्याइने छ ।' घोषणापत्रमा भनिएकाे छ ।
साथै घोषणापत्रमा प्रारम्भमा आर्थिक वृद्धिदर सात प्रतिशत पुर्याउने र आगामी पाँच वर्षभित्रमा दुई अंकमा पुर्याउने दाबी गरिएको छ । 'प्रारम्भमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्दै आगामी ५ वर्षभित्र आर्थिक वृद्धिदर उच्च बनाउँदै यसलाई दुई अंकमा पु-याउनेछ । नेपाली अर्थतन्त्रलाई विश्वकै उदयीमान अर्थतन्त्र बनाइनेछ' घोषणपत्रमा उल्लेख छ ।
कृषिलाई नेपाली अर्थतन्त्रको मेरूदण्डका रूपमा विकास गरिने बताएकाे एमालेले यसको लगानीलाई दोब्बर बनाउने प्रतिबद्दता जनाएकाे छ । ‘कृषि क्षेत्रको लगानीलाई दोब्बर बनाइने छ । प्रमुख खाद्य बालीहरू धान, मकै, गहुँ, फापर, तरकारी र फलफूल तथा दुध, अण्डा, मासु, माछा र पशुपन्छीका उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाइने छ । नेपाली कृषि उत्पादनको निकासी वृद्धि गर्दै कृषकको हालको आम्दानीलाई कम्तीमा दोब्बर बनाइने छ ।’ घोषणपत्रमा उल्लेख छ ।































प्रतिक्रिया