सन्दीप लामिछानेविरुद्ध थुनछेक बहस आजदेखि

सन्दीप लामिछानेविरुद्ध थुनछेक बहस आजदेखि

केन्द्रबिन्दु
0
Shares

नाबालिगलाई जबरजस्ती करणी गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बुधबारदेखि थुनछेक बहस हुँदैछ । 

जिल्ला अदालत काठमाडौंमा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले मंगलबार उनीसँगको बयान सकेसँगै बुधबारदेखि थुनछेक बहस हुने भएको हो । सन्दीपको बयान पूरा भएकाले बुधबार थुनछेक बहस हुन लागेको उनी पक्षका वकिल मुरारी सापकोटाले जानकारी दिए । बयानका क्रममा सन्दीपले आफूप्रति बदनियत राखेर र कसैको उक्साहटमा अभियोग लगाएको बताएका छन् ।

सन्दीपविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार १७ वर्षीया नाबालिगलाई गत भदौ ५ मा काठमाडौंस्थित एक होटेलमा लगेर जबरजस्ती करणी गरेको अभियोगपत्र दायर गरेको थियो । खेलका लागि देश बाहिर रहेको उनि स्वदेश फर्किने क्रममा प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । त्यसपछि उनि प्रहरी हिरासतमा छन् । 

Logo