‘हाम्रो मिसन १५० सिट’ -अध्यक्ष ओली

‘हाम्रो मिसन १५० सिट’ -अध्यक्ष ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एमालेका अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै भने- ‘जे सजिलो छ त्यो मात्र गर्ने होईन । देश विकास गर्न सजिलो छैन, एमाले गर्छु भन्दै छ, गरिव देशलाई धनी बनाउन सजिलो छैन । एमाले बनाउँछु भन्दै छ, दुःखी जनतालाई खुसी बनाउन सकिँदैन, एमाले गर्छु भन्दै छ । निरक्षण कम भएको ठाँउमा एमाले साक्षर बनाउँछु भन्दै छ । यी सबै कार्य गर्न सजिलो छैन । तर एमालेले गर्छ । आउँदो चुनावमा अरु पार्टीलाई एकल बहुमत ल्याउन बिल्कुलै असम्भव छ । तर सम्भव नै नहुने भने होईन । २७५ सिटमध्ये १३८ सिट ल्याएमा बहुमत बनाउन सकिन्छ । जसमा हाम्रो मिसन १५० सिट ल्याउने छ ।’ 

Logo