साताको कारोबारको अन्तिम दिन आज नेप्से परिसूचकमा गिरावट आएको छ । लगातार बढिरहेको शेयर बजार बिहीबार भने १६.१४ अंकले घटेर १९२२.१६ मा रोकिएको हो ।
निर्जीवन बिमा र जिवन विमा बाहेकका सबै उपसूचक राताम्मे भएका छन् । नेप्सेमा गिरावट आएसँगै कारोबार रकम पनि ह्वात्तै घटेको छ । बिहीबार कारोबारमा आएका २२० कम्पनीको २७ लाख ६७ हजार ५३९ कित्ता शेयर ८९ करोड ८९ लाख ७ हजार ८३० रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार १ अर्ब ४६ करोड ७९ लाख १४ हजार ८७५ रुपैयाँ बराबरको कारोबार भएको थियो ।































प्रतिक्रिया