नेपालमा पर्यटक ल्याउन निःशुल्क भिषा र अनिवार्य पीसीआर नीति अपनाउँ

नेपालमा पर्यटक ल्याउन निःशुल्क भिषा र अनिवार्य पीसीआर नीति अपनाउँ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिपकराज जोशीले निःशुल्क भिषा र अनिवार्य पीसीआर’ को नीति अवलम्बन गरे बाह्य पर्यटन प्रवद्र्धन गर्न सकिने बताएका छन् । शुक्रबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै सिइयो जोशीले सो कुरा बताएका हुन् । विश्व नै कोरोनासँग जुधिरहेको भएपनि नेपालका पर्यटकीय गन्तव्यहरु कोरोनाबाट सुरक्षित रहेको सन्देश प्रवाह गर्दै ‘निःशूल्क भिषा र अनिवार्य पीसीआर’ को नीति अबलम्बन गरे बाह्य पर्यटन प्रर्वधन गर्न सकिने उनले बताए ।

नेपाल सुरक्षित गन्तव्य बनेको सन्देश दिन आन्तरिक पर्यटन खुला गर्नुपर्ने उनले बताए । विदेशबाट आउने व्यक्तिलाई कम्तिमा १४ दिन क्वारेन्टाइनमा बस्नैपर्ने नीतिका कारण पर्यटकहरु आउन नचाहेको उल्लेख गर्दै उनले क्वारेन्टाइन नभएर पीसीआरलाई अनिवार्य बनाउनुपर्ने बताए ।

विदेशी पर्यटकलाई आफ्ने देशमा नै पीसीआर परीक्षण गर्ने र नेपाल आएपछि पुनः पीसीआर परीक्षण गर्ने प्रावधान राख्नुपर्नेमा उनको जोड छ । सात दिनभन्दा बढी बस्नेको हकमा घुम्दाघुम्दैको अवस्थामा पनि पीसीआर परीक्षण गर्ने वातावरण सरकारले बनाउने पर्ने उनले बताए । उनले भिषा शूल्क वापतको रकमले पीसीआर परीक्षण अनिवार्य बनाउन सकेमा बाह्य पर्यटक भित्र्याउन समस्या नहुने उनको भनाइ छ ।

सरकारले पर्यटन पुर्नउत्थानका लागि छुट्याएको ५० अर्बको कोष तत्काल परिचालन गर्नुपर्नेमा पनि जोशीले जोड दिए । कोषलाई आवश्यक परेको समयमा परिचालन गर्न नसकिए कुनै अर्थ नहुने उल्लेख गर्दै उनले १५÷२० दिनभित्रमै यसको परिचालन गर्नसक्नुपर्ने बताए । व्यवसायी र पर्यटन क्षेत्रका कर्मचारीहरु मर्कामा रहेको समयमा कोष परिचालन गर्न सके त्यसले ठूलो अर्थ राख्ने उनको तर्क छ ।

गैरपर्यटन क्षेत्रका व्यक्तिहरुले समेत पर्यटन क्षेत्रमा लगानी बढाइरहेकले रोजगारीका अवसरहरु पनि सिर्जना भइरहेको उनले बताए । देशलाई समृद्ध बनाउन सक्ने क्षेत्र पर्यटन पनि भएकाले यसको विकासका आवश्यक नीति नियम अवलम्बन गर्दै अगाडि बढ्नुपर्नेमा उनको जोड छ ।

Skip This
Skip This
Logo