रुसको नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु

रुसको नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

रुसको पश्चिमी शहर कोस्ट्रोमामा रहेको एक रात्रि क्लबमा शनिबार राति भएको आगलागीमा परी कम्तीमा १३ जनाको मृत्यु  भएको छ ।  सो दुर्घटनमा अन्य ४ जना घाइते भएको क्षेत्रीय आपतकालीन सेवाका प्रवक्ताले रुसको स्पुतनिक समाचार एजेन्सीले जनाएको छ ।  

स्थानीय आपतकालीन सेवाहरूलाई उद्धृत गर्दै तासले जनाएअनुसार क्याफेमा आगन्तुकले आगजनी गरेको अनुमान गरिएको छ । उक्त क्याफेबाट २५० जनालाई बाहिर निकालिएको थियो। आगो ३, ५०० वर्ग मिटर क्षेत्रमा  फैलिएको थियो । 

घटनाबारे अनुसन्धान जारी छ ।  -सिन्ह्वा

Logo