श्रीलंकाका क्रिकेटर दानुष्का बलात्कार आरोपमा सिड्नीमा पक्राउ

श्रीलंकाका क्रिकेटर दानुष्का बलात्कार आरोपमा सिड्नीमा पक्राउ

केन्द्रबिन्दु
0
Shares

श्रीलंकाका क्रिकेटर दानुष्का गुणतिलका बलात्कार आरोपमा पक्राउ परेका छन् ।

उनी अष्ट्रेलियाको सिड्नीमा पक्राउ परेको बीबीसीले जनाएको छ । दानुष्कालाई उनका साथीहरुले सिड्नीमै छाडेर हिंडेको समाचारमा उल्लेख छ । क्रिकेटका समिक्षक रेक्स क्लेटेन्टाइनले सामाजिक सन्जालमा दानुष्का बलात्कार आरोपमा शनिबार पक्राउ परेको उल्लेख गरेका छन् । उनका अनुसार दानुष्का तीन हप्ता अगाडि घाइते भएका थिए । 

त्यसपछि एशेल बंडाराले टिममा उनको स्थान लिएका थिए । तर टिम म्यानेजमेन्टले उनलाई फर्काउनुको साटो अष्ट्रेलियामा टोलीसँगै राखेको थियो । उनलाई सिड्नीको एक होटलमा २९ वर्षीया महिलासँगै प्रहरीले पक्राउ गरेको अन्तर्राष्ट्रिय मिडियाहरुले लेखेका छन् ।

Skip This
Skip This
Logo