अमेरिकी गायक कार्टरको निधन

अमेरिकी गायक कार्टरको निधन

केन्द्रबिन्दु
0
Shares

अमेरिकी गायक तथा र्‍यापर आरोन कार्टरको ३४ वर्षको उमेरमा निधन भएको छ ।

उनी  ब्याकस्ट्रिट बोय निक कार्टरको कान्छो भाइ थिए । वेबसाइट टीएमजेडका अनुसार कार्टर शनिबार बिहान क्यालिफोर्नियाको ल्यान्कास्टरमा आफ्नै घरमा नुहाउँदा मृत फेला परेका थिए । उनको टोलीका प्रतिनिधिहरूले उनको मृत्युको पुष्टि गरे । “अहिले यो साँच्चै खराब समय हो, हामी के भयो र यसको कारण के थियो भनेर पत्ता लगाउन कोशिस गर्दैछौं,“ उनीहरूले भने, “हामी सबैजस्तै निराश छौं र आशा छ कि प्रशंसकहरूले उनको परिवारलाई विचार र प्रार्थना दिन सक्छन् ।“ उनको मृत्युबारे थप अनुसन्धान गरिरहेको छ ।

एजेन्सी

Logo