गेष्ट हाउसको छतमा बाल्टीको पानीमा डुबेर बालकको मृत्यु

गेष्ट हाउसको छतमा बाल्टीको पानीमा डुबेर बालकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिका–९ गौशला चोकस्थित तुलसी गेष्ट हाउसको छतमा बाल्टीमा राखेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोही गेष्ट हाउसमा बस्ने बाँके बैजनाथ–३ घर भएका ३० वर्षीय राज बहादुर चौधरीको छोरा चार वर्षीय आरोज चौधरी छन् । शनिबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

डुबेर गम्भीर घाइते भएका उनको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

Skip This
Skip This
Logo