मोरङ-३ः एमालेका कार्यकर्ता नै रेखा थापालाई भोट हाल्ने पक्षमा

मोरङ-३ः एमालेका कार्यकर्ता नै रेखा थापालाई भोट हाल्ने पक्षमा

केन्द्रबिन्दु
0
Shares

विगतका निर्वाचनलाई हेर्ने हो भने मोरङ क्षेत्र नम्बर ३ कम्युनिस्टको गढ हो भन्दा फरक पर्दैन । तर गत निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएर तीन पटकसम्म मन्त्री भएका एमालेका भानुभक्त ढकालको विवादित छविले मतदाता मात्रै हैन कार्यकर्ता समेत रुष्ट देखिएका छन् ।

सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को घरदैलो कार्यक्रममा सुन्दरहरैंचा- १० का स्थानीय रेवन्त अधिकारीले आफू २०४६ साल देखि एमालेको कार्यकर्ता रहे पनि यो पटक रेखा थापालाई मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले भने 'म २०४६ साल देखि एमालेको कार्यकर्ता हुँ, तर यो पटक रेखा बहिनीलाई भोट हाल्छु ।'  

उनले स्थानीयलाई प्रश्न गर्दै भने- 'लक्ष्मी पुज्नु हुन्छ हुन्न तपाईँहर  यत्ति भन्दिनुस् । एउटा नारीले के गर्न सक्दैन ? प्लेन उडाएको छैन ? देश चलाको छैन ? तपाईँ हामीले एउटा स्वच्छ छवि भएको नारीलाई चुन्न पाउनु नै गौरवको कुरा हो ।'

उनले पौराणिक कालमा राक्षस र देवीको युद्ध हुँदा देवीको जित भएको स्मरण गर्दै भने- 'राक्षस र देवीको युद्धमा जित देवीको भएको थियो । त्यी देवी पनि नारी हुन् भन्ने कुरा हामीले भुल्न हुँदैन ।'

कसले मार्ला त बाजी ?
यसरी अन्य पार्टीका सक्रिय कार्यकर्ता नै नेतृत्वबाट निराश हुँदै जाँदा थापा झनै बलियो उम्मेदवारको रूपमा प्रस्तुत भएको स्थानीयको बुझाई छ । विवादित छवि भएका एमालेका ढकाललाई नै दोहोर्‍याउनु पार्टीको लागि समेत घातक हुन् सक्ने अनुमान यति बेला स्थानीयले गर्न थालेका छन् ।

त्यसो त एमालेको विवाद छवि भएका उम्मेदवार र गठबन्धन भित्र हुन सक्ने सम्भावित अन्तर्घातकाबीच रेखाले नतिजा हात पर्न सक्ने आँकलन पनि आम मतदातामा नभएको हैन ।  गत स्थानीय तहको निर्वाचनमा गठबन्धन भित्र देखिएको अन्तर्घात र काँग्रेस भित्रको गुटगत द्वन्द्वले पनि यो आँकलन स्वाभाविक हो । यता राप्रपाको कमजोर संगठन नै रेखाको कमजोरी नहोला पनि भन्न सकिन्न ।

संगठनको आडमा फेरि पनि जित हात पार्ने दाउमा रहेका एमालेका ढकाल, गठबन्धनको बलमा चुनावमा होमिएका काँग्रेसका सुनिल शर्मा र मतदातामा परिवर्तनको आव्हान गर्दै हिँडेकी थापा मध्य नतिजा कसले हात पार्ला ? यो यसै भन्न सकिने अवस्था नभएकाे स्थानीयको बुझाई छ । 

Skip This
Skip This
Logo