युरोपा लिगको प्लेअफ ड्रः बार्सिलोना र म्यानचेस्टर युनाइटेड भिड्ने

युरोपा लिगको प्लेअफ ड्रः बार्सिलोना र म्यानचेस्टर युनाइटेड भिड्ने

केन्द्रबिन्दु
0
Shares

यूईएफए युरोपा लिगको नकआउट चरणको प्लेअफमा क्याटलान क्लब बार्सिलोना र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड आमन्नेसामन्ने हुने भएका छन् ।

सोमबार सार्वजनिक भएको ड्र अनुसार प्लेअफमै बार्सिलोनाले युनाइटेडसँग खेल्नुपर्ने भएको हो । प्लेअफमा युरोपा लिगको समूह उपविजेता र च्याम्पियन्स लिग समूहको तेस्रो स्थानका टोलीबीच प्रतिस्पर्धा हुने छ । जसमा युनाइटेड युरोपा लिगको समूह उपविजेता हो भने बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिएको टोली हो ।  

Imageसाथै यूईएफए युरोपा लिगको नकआउट चरणको प्लेअफमा युभेन्टसविरुद्ध एफसी नान्टस, स्पोर्टिङ लिस्बनविरुद्ध एफसी मिट्जील्यान्ड, शाख्तार डोनेस्कविरुद्ध स्टाड रेनेस, आयाक्सविरुद्ध युनियन बर्लिन, बायर लेभरकुसनविरुद्ध एएस मोनाको, सेभियाविरुद्ध पिएसभी तथा एफसी साल्जबार्गविरुद्ध एएस रोमा भिड्ने भएका छन् । 

प्लेअफ चरणको विजेताले युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउनेछ । 

Logo