पाल्पामा चिच्चाएर वर माग्ने अनौठो मेला

पाल्पामा चिच्चाएर वर माग्ने अनौठो मेला

केन्द्रबिन्दु
0
Shares

पाल्पाको सत्यवतीमा आज चिच्चाएर वर माग्ने धार्मिक मेला लागेको छ । 

सत्यवती बज्यैले कान नसुन्ने भएकोले चिच्चाएर वदरदान माग्नुपरेको भनाइ रहेको छ ।  सत्यवती बज्यैसँग चिच्चाएर मागेको वरदान पूरा हुने भन्दै निकै टाढाटाढा बाट भक्तजनहरु मन्दिरमा आउने गरेका छन् । सत्यवती बज्यैसँग रातिमा मात्र चिच्चाएर वदरदान माग्ने प्रचलनलाई आजभोलि दिउँसोमा पनि वर माग्ने गरिएको छ । 

सत्यवती मन्दिरको किनारमा ताल रहेकोले भक्तजनहरुले तालको वरिपरी घुम्दै चिच्चाएर वरदान माग्ने गर्दछन् । सत्यवती मन्दिर नजिकै तालमा कार्तिक शुल्क चतुर्दशीको दिन सत्यवती बज्यैलाई सम्झेर बासको लिङ्गो गाडी चिच्चाएर वरदान माग्ने र अर्काे दिन बिहान उज्यालो नहुँदै पुर्णिमाको दिन गाडेको लिङ्गो उठाएर घरमा ल्याउने प्रचालन रहँदै आएको छ । 

दर्शनका लागि र वर माग्न मन्दिर पुगेका चन्द्रकान्त खनाल र केशव खत्रीले चिच्याएर वर मागे पूरा हुने र कतिपय मागेका वरहरु पूरा हुँदै आइरहेको बताए । उनीहरुले धार्मिक आस्थाका कारण परापूर्व कालदेखिको परम्परालाई मान्दै आएको र आफूले मागेका वरहरु सानैदेखि पूरा हुँदै थएको बताए । 
 
भक्तजनले मागेका कुराहरु सत्यवती बज्यले पूरा गरिदिने जनविश्वासको आधारमा राँगा, कुखुरा, हाँस, बोकाको बली दिने वा त्यतिकै जंगलमा छाडिदिने प्रचालन रहँदै आएको छ ।   सत्यवती मन्दिरमा चिच्चाएर वरदान माग्न पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी, कास्की, चितवन, दाङ, पर्वत वागलुङ, म्याग्दीका साथै भारतको गोरखपुर, लखनउ लगायतका क्षेत्रबाट भक्तजनको भीड छ । 

वर्षको एक पटक मात्र पुग्ने धार्मिक पर्यटकलाई १२ महिना नै आकर्षित गर्न गुरुयोजना बनाएर काम गर्ने तयारी गरेको तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठ बताउँछन् । उनले १२ महिना पर्यटकलाई ल्याउनसके सो क्षेत्रको विकास हुन समय नलाग्ने बताए । अहिले गाउँपालिकाले मन्दिर व्यवस्थापनका लागि बजेट छुट्याएर अघि बढेको र आगामी दिनमा यसको संरक्षणका लागि पनि विशेष पहलकदमी लिने उनले बताए । 
 
सिद्धार्थ राजमार्ग तानसेन–बुटवल सडक खण्डको झुम्सा पानी मिलबाट करीव १ घण्टाको उकालो पैदल दूरी पार गरी सत्यवती मन्दिरमा पुग्न सकिन्छ । परम्पराकालमा रातिमा मात्र दर्शन गर्ने प्रचलन परिमार्जन हुँदै अहिले दिउँसो र राति दुवै समयमा पूजाआजा गर्ने र वर माग्ने प्रचलन शुरु भएको हो । 
 

Skip This
Skip This
Logo