काठमाडौं ।
मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी न्यूनचापीय रेखा पश्चिमी भागमा रहेकाले मध्य र पूर्वको तुलनाका पश्चिमका केही ठाउँमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार आज देशभर सामान्य बदली रही बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागका जानकारी दिएको छ । भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने र डुबान हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणमा आग्रह गरेको छ ।





























प्रतिक्रिया