अभिनेत्री वर्षा शिवाकोटीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट काठमाडौं क्षेत्र नम्बर २ मा उम्मेदवार बनेकी सोबिता गौतमको पक्षमा मत मागेकी छन् ।
अभिनेत्री शिवाकोटीले सामाजिक सञ्जालमा घरदैलोमा सहभागी भएको तस्विरहरु सार्वजनिक गर्दै मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेकी गौतमलाई जिताउन अपिल गरेकी हुन् ।
यो क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट पूर्वसभामुख ओनसरी घर्तीमगर र नेकपा एमालेबाट मणिराम फुँयाल उम्मेदवार बनेका छन् । यस्तै, प्रकाश अधिकारीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यसअघि यस क्षेत्रबाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनाव लड्दै आएका थिए ।































प्रतिक्रिया