काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले यातायात प्राधिकरणको स्थापना भएपछि उपत्यकामा हुने सवारी दूर्घटना न्यूनिकरण हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।
संघीय संसदबाट पास भएको ‘शहरी क्षेत्रको एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न विधेयक २०७६’ ले काठमाडौं उपत्यकामा हुने सडक दूर्घटना न्यूनिकरणका लागि काम गर्ने उनले बताएका हुन् ।
आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मेयर साहले सडकको विषयमा हेर्ने छुट्टै निकाय भएपछि अहिले देखिएका धेरै समस्या समाधान हुने विश्वास ब्यक्त गरे ।
ऐन अन्तर्गत ‘संघीय राजधानी शहरी क्षेत्र सार्वजनिक यातायात परिषद’ गठन हुने र परिषदमा काठमाण्डौ महानगरपालिकाका प्रमुख अध्यक्ष,ललितपुर महानगरपालिकाका प्रमुख उपाध्यक्ष, भक्तपुर नगरपालिकाका प्रमुख सदस्य, यातायात मन्त्रालयका सहसचिव, सडक विभागका महानिर्देशक, बागमती प्रदेशको यातायात मन्त्रालयको सचिव, ट्राफिक प्रहरी महाशाखा प्रमुख, निजी क्षेत्र र उपभोक्ताको सहभागिता रहने भएकोले सडक प्रतिस्पर्धा कम हुने उनले बताए ।
आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मेयर बालेनले भने ‘सार्वजनिक यातायातहरुले ठाउँमा समयमै नपु-याएका कारण पनि मोटरसाईकलहरुको संख्या काठमाडौंमा बढ्न गएको हो । रिङ रोडमा मात्रै हिसाव गर्दाखेरी अहिलेको जस्तो बसको साईज २ सय जति भए पुग्नेमा २ हजार भन्दा पनि बसहरु गुडेका हुन्छन् । हामीले एक ठाउँबाट अर्को ठाउँमा पुग्नका लागि होइन कि जाममा बस्नका लागि पैसा तिरिरहेका हुन्छौं । हालै हाम्रो संसदबाट काठमाडौं उपत्यका लागि एउटा यातायात प्राधिकरणको बिल पास भएको छ । जस अन्तर्गत चाँही सबैखाले भेहिकल्सहरु एउटै छातामा आएर काम गर्ने जसले गर्दाखेरी कम्पिटीशन रहँदैन । सबैले बराबर सेयर पाउने भएपछि कम्पिटीशन हटछ । रिङ रोडमा २ सय वटा गाडी भए पुग्ने रहेछ । तर हामीले रुट परमिट जतिलाई पनि दिईरहेका छौं । अल बिल पास भएको छ । हामी ट्राफिकसँग पनि सहकार्य गरिरहेका छौं । एक्सिडेन्ट हुने वित्तिकै उपचारका लागि पनि आवश्यक व्यवस्था भईरहेको छ । ती सबै काममा हामीहरु लागि पर्छौं ।’
मेयर शाहले काठमाडौं उपत्यकाभित्र हुने सवारी दूर्घटनामा परी घाईते भएकाहरुको तत्काल उपचार हुने गरी आवश्यक व्यवस्था मिलाउन पनि प्रयास भईरहेको बताए ।































प्रतिक्रिया