भारतीय सीमासँग जोडिएको मधेश प्रदेशका जिल्लाको सीमा नाका ७२ घण्टा बन्द (सिल) गरिने भएको छ ।
सुरक्षित, व्यवस्थित एवं भयरहित वातावरणमा निर्वाचन गराउन ७२ घण्टा सीमानाका बन्द गर्ने निर्णय भएको हो । धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले नेपाल–भारत जिल्लास्तरीय सीमा समन्वय समितिको बैठकले भारत बिहार राज्यको मधुवनीस्थित जयनगरमा बसेको समितिको बैठकले नेपाल–भारत सीमानाका बन्द गर्ने निर्णय गरेको जानकारी दिए ।
दुवै देशका सुरक्षा अधिकारीको सहभागिता रहेको बैठकमा खुला सीमा नाकाका कारण निर्वाचनका बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले मंसिर ४ गते हुने मतदानको ७२ घण्टा अगाडिदेखि सीमा नाका बन्द गर्ने निर्णय भएको प्रजिअ पौडेलले बताए ।
बैठकमा दुवै देशको सीमा भएर हुने अपराध, अवैध हातहतियार, चोरी पैठारी, लागूऔषध ओसारपसार लगायत अवैध कारोबार नियन्त्रण गर्ने विषयमा छलफल भएको उनले बताए । बैठकमा नेपालतर्फको नेतृत्व प्रजिअ पौडेलले र भारततर्फको नेतृत्व मधुवनी जिल्लाका डीएम अरविन्दकुमार बर्माले गरेका थिए । मधेश प्रदेशका आठवटै जिल्ला भारतीय सीमासँग जोडिएको छ।





























प्रतिक्रिया