खुला दिसामुक्त क्षेत्र घोषणा भएको दशक बितिसक्दा पनि बनेन शौचालय

खुला दिसामुक्त क्षेत्र घोषणा भएको दशक बितिसक्दा पनि बनेन शौचालय

केन्द्रबिन्दु
0
Shares

ठूलो तामझामका साथ लमजुङमै दोस्रोपटक खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको थियो तत्कालीन गाउँसहर गाविसलाई । 

हाल बेसीसहर नगरपालिका–२ मा रहेको  पाखाथोक सुनारगाउँको २२ घरधुरी छन् । तर त्यहीबेला सात घरमा शौचालय नै नबनाइकन खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको स्थानीयले बताएका छन् । लमजुङ सदरमुकामको नाकैमा जोडिएको सुनारगाउँमा विना शौचालय खुला दिसामुक्त क्षेत्र घोषणा गरियो भने अन्यत्र दुर्गम गाउँका सबै घरमा शौचालय छन् भन्ने कुरामा विश्वस्त हुन नसकिने बनाएको छ । 

०६७ र ६८ सालतिर खुला दिसामुक्त क्षेत्र घोषणा गर्दा नरुवाल पाखाथोक क्षेत्रका पहुँच पुग्नेको घरमा शौचालय बनेको तर दलित बस्तीका सबै घरमा शौचालय नबन्दै खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको स्थानीय जीवन सुनारले बताए । हाम्रो गाउँका सोमबहादुर सुनार, रामचन्द्र सुनार, शंकर सुनार, कृष्ण सुनार, दिपक सुनार लगायत सात घरमा शौचालय छैन । खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने बेलामा ट्वाइलेट नै नबनाइकन घोषणा गरिएको सुनारगाउँका विश्व सुनारले बताए । अहिले खुला दिसामुक्त क्षेत्र घोषणा कार्यक्रमले गर्दा बनाउन भ्याइएन केही समयभित्र बनाइन्छ भनी आवश्वासन दिइएको थियो तर अहिलेसम्म हाम्रो घरमा शौचालय बनाउन कोही नआएको भन्दै दीपक सुनारले दुखेसो पोखे ।

बेसीसहर नगरपालिका–२ का तत्कालीन अध्यक्ष गणेश कँडेलको पहलमा हालसालै यही रहेको श्रीजङ गण नेपाली सेनाले सोमबहादुर सुनारको घर बनाइदियो र शौचालयको खाल्टो खनिदिएको छ । तर शौचालयको बाँकी काम सबै अधुरो रहेको छ ।

‘एक दशक अगाडि नै खुला दिसामुक्त क्षेत्र घोषणा हुँदा सबैको घरमा शौचालय बनिसक्नुपर्ने थियो । कामको चापाचापले त्यो बेला नभ्याएको हो भने त्यो वर्षभित्र बनाइसक्नुपर्ने थियो । तर अरु सबैले पाएको सुविधासमेत हामी दलितले पाएनौँ । हामीसँगै जोडिएको मगर पात्ले होमस्टे गाउँ बनेर झिलिमिली भएको छ तर हामीलाई दलित भनेर होला सबैका घरमा ट्वाइलेट समेत छैनन्,’ दीपक सुनारले भने ।

यति मात्रै होइन हाम्रो गाउँ छिर्ने मोटरबाटो खनेको मुखैमा ल्याएर व्याडमिन्टल कोट बनाइयो । अब व्याडमिन्टल जाली टाँगेपछि गाउँमा मोटरबाटो पूर्ण रूपमा बन्द हुन्छ । यो जानीबुझीकन हाम्रो गाउँलाई मोटरबाटोविहीन बनाउने काम गरिएको जीवनले बताए ।

Skip This
Skip This
Logo