पहिलो हाफमा नेपाल र पाकिस्तानको बराबरी

पहिलो हाफमा नेपाल र पाकिस्तानको बराबरी

केन्द्रबिन्दु
0
Shares

नेपाल र पाकिस्तानको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको पहिलो हाफ बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको हो । 

खेलमा दुवै टोलीका खेलाडीले केही सुन्दर अवसरहरु पाए पनि गोलमा परिणत गर्न भने सकेनन् । 

पाकिस्तानले ३ वर्ष बढी फिफाको प्रतिबन्धपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको हो । बंगलादेशमा सन् २०१८ भएको साफ च्याम्पियनसिपपछि यी दुई टोली पहिलो पटक आमनेसामने भएका हुन् । त्यति बेला पाकिस्तानले नेपाललाई २–१ ले हराएको थियो । 

नेपाल र पाकिस्तानबीच अहिलेसम्म १७ खेल भइसकेका छन् । जसमा पाकिस्तानले ७ खेल, नेपालले ५ खेल जितेको छ भने ५ खेल बराबरीमा टुंगिएको छ । 

Logo