विश्वमै सर्वाधिक पारिश्रमिक लिने कलाकार दि रक, छैटौँ नम्बरमा अक्षय कुमार

विश्वमै सर्वाधिक पारिश्रमिक लिने कलाकार दि रक, छैटौँ नम्बरमा अक्षय कुमार

केन्द्रबिन्दु
0
Shares

हालसालै सम्पत्ति विवरण सम्बन्धी पत्रिका ‘फोर्ब्स म्यागेजिन’ले यस वर्ष सर्वाधिक कमाई गर्ने १० अभिनेताको सूची सार्वजनिक गरेको छ । सूचीको अनुसार यस वर्ष विश्वकै सबैभन्दा बढी पारिश्रमिक बुझ्ने कलाकार पहिलो नम्बरमा हलिउड स्टार ड्वेन जोनसन उर्फ ‘दि रक’ छन् ।

गएको बर्ष पनि विश्वको सबैभन्दा बढी पारिश्रमिक बुझ्ने कलाकार बनेका ‘दि रक’ यस बर्ष पनि पहिलो नम्बरमा नै छन् । गत वर्ष ८९.४ मिलियन अमेरिकी डलर कमाएका दि रकले यस वर्ष ८७.५ मिलियन अमेरिकी डलर कमाएका छन् ।

पुर्व रेसलर समेत रहेका ‘दि रक’ विश्वकै सबैभन्दा महँगा कलाकार हुन् । उनले नेटफ्लिक्सको ‘रेड नोटिस’ का लागि मात्र २३.५ मिलियन अमेरिकी डलर पारिश्रमिक लिएका थिए ।

त्यसैगरी सूचीको दोस्रो नम्बरमा हलिउड अभिनेता रायन रेनोल्डस, तेस्रो नम्बरमा मार्क व्हालबर्ग, चौथो नम्बरमा बेन एफ्लेक, पाँचौँ नम्बरमा विन डीजल छन् भने छैटौँ नम्बरमा वलिउड अभिनेता अक्षय कुमार छन् ।

सर्वाधिक कमाइ गर्ने अभिनेतामा बलिउडबाट यस वर्ष पनि अक्षय कुमार मात्र पर्न सफल भएका छन् । अक्षय कुमारले यो एक वर्षमा ४८.५ मिलियन अमेरिकी डलर कमाउन सफल भएका छन् । गत वर्ष ६५ मिलियन अमेरिकी डलर कमाउदै अक्षय फोर्ब्सको यस सूचीमा चौथो स्थानमा थिए ।

त्यसैगरी सूचीको सातौँ नम्बरमा म्यानुअल मिरान्डा, आठौँ नम्बरमा विल स्मिथ, नवौँ नम्बरमा एडम सान्डलर र दसौँ नम्बरमा ज्याकी च्यानको नाम रहेको छ ।

Logo