राजनीतिक दलका नेता र उम्मेदवारहरु आज चुनाव प्रचारप्रसारको अन्तिम दिन ।
आज मध्यरातिदेखि स्थिर समय सुरु हुनेभएपछि पूर्व निर्धारित कार्यक्रम अनुसार दलका शीर्ष नेताहरु आज अन्तिम दिन पनि प्रचार प्रसारमा व्यस्त छन्। चुनाव प्रचारका क्रममा सुदुरपश्चिममा रहेका प्रधानमन्त्री एवंम नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा सुदुरपश्चिमका दुईवटा चुनावीसभामा सहभागी बन्दै छन् । उनले आज अछाम र कञ्चनपुरका चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
चुनावी प्रचारकै क्रममा गृह जिल्ला झापामा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आज झापामा आयोजना हुने दुई सभालाई सम्बोधन गर्दै छन् । अध्यक्ष ओलीले झापा निर्वाचन क्षेत्र नम्बर १ को काँकडभिट्टा र निर्वाचन क्षेत्र नम्बर ५ को खजुरगाछीमा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गर्नेछन् । निर्वाचन आयोगले कात्तिक १७ गतेदेखि मंसिर १ गते अर्थात आज मध्यराति १२ बजेसम्म निर्वाचन प्रचार प्रसारको समय दिएको थियो । आज रातिदेखि स्थिर समय लागु भएपछि भने प्रचारप्रसारको सम्पूर्ण क्रियाकलापमा रोक लगाइएको छ ।





























प्रतिक्रिया