भोट हाल्न भारतबाट फर्किँदै गर्दा बाटैमा मृत्यु

भोट हाल्न भारतबाट फर्किँदै गर्दा बाटैमा मृत्यु

केन्द्रबिन्दु
0
Shares

डोटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । 

जिल्लाको जोरायल गाउँपालिका ३ तोडेगडाका अन्दाजी ६० वर्षीय हिरालाल ओली शनिबार बिहान मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी भोला भट्टका अनुसार उनी जोरायल गाउँपालिका ३ चन्कट्टे नजिकैको बाटोमा मृत भेटिएका हुन् । भारतको सिमलामा काम गर्दै आएका उनी संसदीय निर्वाचनमा मतदान गर्न घर फर्किरहेका थिए ।

उनको साथमा झोलासहितको प्लास्टिकको बोरा र नजिकै मदिराको बोतल पनि  भेटिएको छ । अत्यधिक मदिरा सेवनका कारण राति नै उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । 

Logo