बाजुरामा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप

बाजुरामा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप

केन्द्रबिन्दु
0
Shares

प्रहरीका अनुसार बुढिनन्द नगरपालिका वडा नम्बर ५ नन्देश्वरीमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो। 

दुई पार्टीका कार्यकर्ताबीच  झडप भएपछि मतदान स्थगित भएको बाजुरा प्रहरीले बताएको छ। बिहान पौने ९ बजे झडप भएको बाजुरा प्रहरीले जनाएको छ।

जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि राजन पाण्डे र टेकबहादुर बढुवाल स्वतन्त्र, एमालेबाट कर्णबहादुर थापा, नेपाली कांग्रेसबाट  बद्री प्रसाद पाण्डे, राप्रपाबाट जंगकुमार गिरी र जनता समाजवादी पार्टीबाट रामबहादुर शाही उम्मेदवार छन्।

Logo