कर्णाली प्रदेशको हिमाली जिल्लाहरूमा अन्य जिल्लाको तुलनामा केही ढिला मतदान सुरु भएको छ ।
अहिले ११ बजेसम्म डोल्पामा ५ दशमलव ४९ र मुगुमा १८ प्रतिशत मत खसेको छ । डोल्पा निर्वाचन कार्यालयका लेखापाल कलम विर्कट्टा मगरका अनुसार जिल्लामा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको बताए ।
उनका अनुसार जिल्लाका ६६ वटै मतदान केन्द्रमा मतदान सुरु भइसकेको छ । यद्यपि केही ठाउँमा फोन सम्पर्क हुन सकिरहेको छैन । यस्तै मुगुका निर्वाचन अधिकारी विष्णु न्यौपानेका अनुसार चिसोका कारण केही स्थानमा मतदान ढिला गरी सुरु भएको थियो ।
यस्तै मुगुमा हिजो साँझ र बिहान गरि ७ वटा ठाउँमा शङ्कास्पद वस्तु फेला परेको उनले बताए । यद्यपि ६ वटा हिजो साँझ नै डिस्पोज गरिसकेको र एउटा बिहान डिस्पोज गरिएको उनले बताए ।































प्रतिक्रिया