सुनसरीको बर्जु गाउँपालिका- ५ स्थित मतदान केन्द्रमा विष्फोट भएको छ ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रको गेट नजिकै विष्फोट भएको हो ।विष्फोटपछि मतदाताबीच भागदौड मच्चिएको थियो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार शंकास्पद वस्तु पड्किंदा एक बालिका सामान्य घाइते भएकी छन् ।
उनका अनुसार मतदान केन्द्र नजिकै पड्किएको वस्तु पटका हो ।पट्का पड्किए पनि सामान्यरुपमा मतदान जारी रहेको उनले बताए । बालिकाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।





























प्रतिक्रिया