डिल्लीबजार कारागारभित्रै रेशम चौधरीले गरे मतदान

डिल्लीबजार कारागारभित्रै रेशम चौधरीले गरे मतदान

केन्द्रबिन्दु
0
Shares

 

नागरिक उन्मुक्ति पार्टीका प्रमुख नेता रेशम चौधरीले डिल्लीबजार कारागार भित्रै मतदान गरेका छन् ।

थरुहट आन्दोलनका क्रममा नौ जनाको ज्यान जाने गरी भएको घटनामा दोषी ठहर भई डिल्लीबजार कारागारमा रहेका रेशमले आइतबार बिहान त्यहाँ अस्थायी मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

मतदान गरेपछि रेशमले भने, ‘जेलभित्र मतदान गर्न पाउँदा युद्ध जिते जस्तै भइरहेको छ ।’ डिल्लीबजार कारागारमा रहेका करिब ५ सय कैदीबन्दीले मतदान गरिएको बुझिएको छ । मतदाता नामावली भएका कैदीबन्दीले कारागारमा बनाइएको अस्थायी मतदान केन्द्रबाट प्रतिनिधिसभा सदस्य समानुपातिक तर्फ मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ । 

Logo