मनाङमा ६५ प्रतिशत मत खस्यो

मनाङमा ६५ प्रतिशत मत खस्यो

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा मनाङमा दिउँसो १:३० बजेसम्म ६५ प्रतिशत मत खसेको छ ।

जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो १ :३०  बजेसम्म यहाँ ६५ प्रतिशत मतदान भएको हो । कुल २९ वटा मतदान केन्द्र रहेको मनाङमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र छन् । यहाँ कुल छ हजार सात सय ७९ मतदाता छन् ।

Skip This
Skip This
Logo