बाजुरामा मतपेटिकामा आगजनी

बाजुरामा मतपेटिकामा आगजनी

केन्द्रबिन्दु
0
Shares

बाजुराको एक मतदानस्थलको मतपेटिकामा आगजनी भएको छ । 

प्रदेश निर्वाचन क्षेत्र (१) अन्तर्गत पर्ने स्वामीकार्तिक गाउँपालिका १ मतदानस्थलको (क) केन्द्रस्थित प्रदेश समानुपातिक मतपेटिकामा आगजनी भएको हो ।  पेटिकामा आगजनी कसरी र कसले गरेको भन्नेबारे यकिन कारण खुलेको छैन । 

मतदान अधिकृत रामकुमार यादवका अनुसार आगो देखिएपछि मतपेटिकामा पानी खन्याइएको थियो । कुल ८४० मतदाता रहेको उक्त मतदान केन्द्रमा ५२८ मत खसेको बताइएकाे छ ।

Logo