मकवानपुर क्षेत्र नम्बर २ को मतगणनाको तयारी गरिएको छ । निर्वाचन अधिकृत मुकुन्दहरि पौडेलले सर्वदलीय बैठक सम्पन्न भएको र ११ बजेदेखि मतगणना सुरु हुने जानकारी दिए ।
उनका अनुसार हेटौंडा उपमहानगरपालिका २ स्थित सिद्धार्थ माविमा मतगणना गरिने छ ।प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतगणना एकैपटक गरिने छ । एकैपटकमा १० स्थानमा मतगणना गर्ने तयारी भएकाे सहायक निर्वाचन अधिकृत तिर्थराज भट्टराइले बताए ।
मतगणना स्थललाई सुरक्षित बनाउन तारजाली र सीसीटीभी क्यामेरा जडान गरिएको छ । एक साता भित्रमा सबै नतिजा आइसक्ने उनले बताए । मतगणनाको नतिजाको विवरण संकलनका लागि सूचना डेस्कको व्यवस्था गरिएको छ । निर्वाचन अधिकृत मुकुन्दहरि पौडेलका अनुसार मतपरिणामको जानकारी दिन आधिकारिक व्यक्ति तोकिएको र ‘वान डोर सिस्टम’बाट मात्र सूचना प्रवाह हुनेछ ।





























प्रतिक्रिया