गुल्मी क्षेत्र नम्बर २ को मतगणना गर्न ११ सर्वदलीय बैठक बस्ने तयारी

गुल्मी क्षेत्र नम्बर २ को मतगणना गर्न ११ सर्वदलीय बैठक बस्ने तयारी

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर २ को मतगणना गर्न ११ सर्वदलीय बैठक बस्ने तयारी भइरहेको छ ।

मतगणनाका लागि बिहान ११ बजे जिल्ला प्रशासन कार्यालय गुल्मीमा सर्वदलीय बैठक आह्वान गरिएको क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत शिवबहादुर थापाले बताए । मतगणना गर्न जिल्लाका विभिन्न स्थानबाट जिल्ला सदरमुकाम तम्घासको रेसुङ्गा बहुमुखी क्याम्पसमा मतपेटिका राखिएको छ ।

गुल्मी(२ मा १ लाख ४ हजार ३२७ मतदातामध्ये ५८ हजार ७७३ मत खसेको थियो । यस निर्वाचन क्षेत्रमा ५६ प्रतिशत मत खसेको थियो । क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभाका लागि एमालेबाट गोकर्ण बिष्ट र गठबन्धनबाट एकीकृत समाजवादीका रामकुमारी झाँक्री मुख्य प्रतिस्पर्धी मानिएका छन् ।

त्यस्तै प्रदेशसभा (२) क तर्फ एमालेबाट डिल्लीराज भुसाल र गठबन्धनबाट कांग्रेसका भुवनप्रसाद श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । प्रदेशसभा २ (ख) मा एमालेबाट दिनेश पन्थी र गठबन्धनबाट माओवादीका बुद्धि जीसीबीच मुख्य प्रतिस्पर्धा रहेको छ ।

Logo