रुपन्देही ४ मा मतगणना शुरु

रुपन्देही ४ मा मतगणना शुरु

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ । रुपन्देहीको कोटहीमाइ गाउँपालिकाको भवनमा मतगणना सुरु भएको हो । 

सोमबार बिहान साढे नौ बजेदेखि मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालय प्रमुख देवेन्द्रराज आचार्यले बताए । यो क्षेत्रमा प्रतिनिधि सभामा सत्ता गठबन्धनका प्रमोद यादव र लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्लाबीच मुख्य प्रतिष्पर्धा छ । यस क्षेत्रमा ७७ हजार ६४ मत खसेको छ ।

Logo