काठमाडौं ।
कोरोना संक्रमित कर्मचारी र सम्पर्कमा आएकाहरुको परीक्षण तथा उपचारको सम्पूर्ण खर्च बैंकले बेहोर्नु पर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका नाममा परिपत्र जारी गर्दै कोरोना संक्रमित र सम्पर्कमा आएका कर्मचारीलाई परीक्षण तथा उपचारको सम्पूर्ण खर्च बेहोर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले बिहीबार परिपत्रमार्फत यस्तो निर्देशन दिएको हो ।
हरेक दिनजसो कोरोना भाइरसको संक्रमण बढेकाले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी तथा ग्राहकको स्वास्थ्यलाई मध्यनजर गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले संक्रमितको रिपोर्ट नेगेटिभ आएपछि मात्रै कार्यालय आउन समेत निर्देशन दिएको छ ।
त्यस्तै, राष्ट्र बैंकले संक्रमित कर्मचारीलाई व्यवस्थित रुपमा घर, अस्पताल वा आइसोलेसनमा सुरक्षित राख्न आवश्यक व्यवस्था गर्न समेत निर्देशन दिएको छ । ‘संक्रमितको सम्पर्कमा आएका वा कन्ट्रयाक टे«सिङमा परेका कर्मचारीलाई आवश्यकता अनुसार घर वा होटल क्वारेन्टिनमा सुरक्षित राख्न आवश्यक व्यवस्था गर्ने र सोको सम्पूर्ण खर्च बैक तथा वित्तीय संस्थाले बेहोर्नु पर्नेछ’ राष्ट्र बैंकले जारी गरेको परिपत्रमा भनिएको छ ।
राष्ट्र बैंकले यसअघि आलोपालो गरेर कर्मचारीलाई बैंक बोलाउन समेत निर्देशन दिएको थियो ।































प्रतिक्रिया