रुपन्देही क्षेत्र नं २ को मतगणना सुरु भएको छ। सर्वदलीय बैठकको निर्णयपछि मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यहाँ नेकपा एमालेबाट विष्णु पौडेल उम्मेदवार रहेका छन्। सत्तारूढ गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर (केशव सूर्यवंशी) थापालाई समर्थन गरेको थियो।
यसैगरी, यहाँ राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केशबहादुर थापा, नेपाल मजदुर किसान पार्टीका हरिसुन्दर बासी, नेपाल दलित पार्टीका राजु शाही, नेपाली कांग्रेस वीपीकी नमादेवी गौतम जैसी, मंगोल नेशनल अर्गनाइजेशनका दीपक थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल उम्मेदवार रहेका छन्।































प्रतिक्रिया