चितवन निर्वाचन क्षेत्र नं २ को मतगणना दिउँसो २ बजेपछि सुरू भएको छ ।
यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेसहित सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठ र एमालेका कृष्णभक्त पोखरेल प्रतिस्पर्धामा छन् ।
चितवन–२ मा कुल मतदाता एक लाख २४ हजार २१४ रहेकोमा आइतबार भएको मतदानमा चितवन२ मा ८४ हजार ३१५ मत खसेको छ । यससँगै चितवन १ मा पनि गणना सुरू भइसकेको छ । चितवन–३ मा भने गणनाको तयारी भइरहेको छ ।





























प्रतिक्रिया