कजाकिस्तानका राष्ट्रपति तोकायभ दोस्रो कार्यकालका लागि निर्वाचित

कजाकिस्तानका राष्ट्रपति तोकायभ दोस्रो कार्यकालका लागि निर्वाचित

केन्द्रबिन्दु
0
Shares

कजाकिस्तानका  राष्ट्रपति कासिम–जोमार्ट तोकायभ दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

हालै भएको निर्वाचनमा तोकायभले ८१ दशमलब ३ प्रतिशत मत प्राप्त गरी पुनः विजयी भएका हुन् । प्रारम्भिक तथ्यांकलाई उद्धृत गर्दै देशको केन्द्रीय निर्वाचन आयोगले उक्त घोषणा गरेको हो । टोकायभले आफ्नो बढ्दो स्वतन्त्र विदेश नीति जारी राख्न आफ्नो शासनलाई थप सात वर्ष विस्तार गर्ने अपेक्षा गरिएको थियो । 

‘हामी भन्न सक्छौं कि जनताले मलाई राष्ट्रपतिको रूपमा विश्वास व्यक्त गरेका छन्’ यसअघि आफ्नो पक्षमा भएको एक्जिट पोललाई उल्लेख गर्दै ६९ वर्षीय तोकायभले भनेका थिए । सबै पाँच प्रतिस्पर्धीहरू चर्चामा नआएको अवस्थामा टोकायभले कुनै पनि वास्तविक विपक्षी उम्मेद्वारहरूको सामना गर्नुपरेन । 

एजेन्सी 

Skip This
Skip This
Logo