रसुवामा कांग्रेसका मोहन आचार्यको जित सुनिश्चित

रसुवामा कांग्रेसका मोहन आचार्यको जित सुनिश्चित

केन्द्रबिन्दु
0
Shares

मतगणना नसकिँदै रसुवामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन आचार्यको जित सुनिश्चित भएको छ। करिब ५ हजार मत गन्न बाँकी रहँदा नेकपा एमालेका छोवाङ तेन्जिन तामाङसँग आचार्यले ८ हजार ८४ मतको अग्रता बनाएका छन्।

आचार्यले १५ हजार ४३९ मत पाउँदा तामाङको मत  ७ हजार ३५५ रहेको छ। आचार्यले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा  एमालेका जनार्दन ढकाललाई हराएका थिए। 

२८ हजार ३०५ मत खसेको रसुवामा हालसम्म २३ हजार ९२७ मत गणना भएको छ। ६५५ मत बदर भएको छ।

Skip This
Skip This
Logo