कैलाली ४ मा मतगणना रोकियाे

कैलाली ४ मा मतगणना रोकियाे

केन्द्रबिन्दु
0
Shares

कैलाली ४ मा अर्धकट्टीसहितको मतपत्र भेटिएपछि मतगणना रोकिएको छ ।

गोदावरी नगरपालिका ११ को मतपेटिकामा अर्धकट्टीसहितको मतपत्र भेटिएपछि गणना रोकिएको निर्वाचन अधिकृत इन्द्र कठायतले जानकारी दिए । कठायतले अहिले गणना रोकेर राजनीतिक दलका प्रतिनिधिबीच छलफल भइरहेको बताए ।

यहाँ नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्ट र कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरबीच प्रतिस्पर्धा भइरहेको छ ।

Logo