महोत्तरी ३ मा स्वतन्त्र उम्मेदवार अघि, मतान्तर घटाउँदै लोसपा

महोत्तरी ३ मा स्वतन्त्र उम्मेदवार अघि, मतान्तर घटाउँदै लोसपा

केन्द्रबिन्दु
0
Shares

सुरुवाती चरणदेखि नै निरन्तर पछाडि रहेका महोत्तरी (३) मा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मतान्तर घटाएका छन् ।

प्रतिनिधिसभा सदस्यमा उम्मेदवार रहेका अध्यक्ष ठाकुर सुरुवातदेखि नै पछाडि रहेपनि यतिबेला भने निरन्तर रुपमा मतान्तर घटाउँदै लगेका हुन् । सो क्षेत्रमा उनका प्रतिष्पर्धी नेकपा एमालेबाट बागी भएर स्वतन्त्र उम्मेदवारी दिएका रामआधार कापर ५ हजार २१७ मतसहित अग्रता कायम राखेका छन् ।

उनीसँग धेरै मतान्तर रहेका लोसपाका ठाकुर ५ हजार १३५ मतसहित दोस्रो स्थानमा रहेका छन् । यस्तै, जनता समाजवादी पार्टीका हरिनारायण यादव ४ हजार ४२३ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

Skip This
Skip This
Logo